> स्थानीय सरकार > माण्डवीवासीले वैदेशिक रोजगारमा समस्या परे पालिकामा सम्पर्क गर्न सक्ने


माण्डवीवासीले वैदेशिक रोजगारमा समस्या परे पालिकामा सम्पर्क गर्न सक्ने

प्यूठान । माण्डवी गाउँपालिकाले वैदेशिक रोजगार बिभागको रोजगार कल्याणकारी सेवाहरुसँगै कन्सुलर सेवा बिभागबाट प्रदान गरिने सेवाहरु समेत पालिका मार्फत सहजीकरण गर्ने भएको छ ।

 

बिदेशमा रहेका ब्यत्तीहरुको खोजतलास तथा उद्दार, कुनै कारण मृत्यु भएमा शब झिकाउन र घरसम्म पुर्याउन, घाइते वा मृत्यु भएमा क्षतिपूर्ति वा बिमा दाबी गर्न, समस्या परेको जानकारी वा गुनासो गर्न गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले जानकारी दिनुभयो ।