> स्थानीय सरकार > सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउन स्वयम उपस्थित हुनुपर्ने


सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउन स्वयम उपस्थित हुनुपर्ने

प्यूठान । समाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरणका लागि स्वयम व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने भएको छ ।

 

लाभग्राहीको फोटो, औंठा छाप अनलाईन मार्फत गर्नुपर्ने भएकोले सम्वन्धीत व्यक्ति वडा कार्यालय पुग्नु पर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै साउन १ गतेदेखि भदौं मसान्त भित्र अनिवार्य नवीकरण तथा सूचीकरण गर्न भनेको छ ।

 

प्यूठानका स्थानीय तहहरुले सूचना जारि गर्दै पूर्ण अपाङ्ग, १६ वर्ष मुनी र असक्त असहाय वा ९० वर्ष माथिका लाभग्राहीहरु बाहेक सबैलाई नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य भनेका छन् ।

 

नवीकरणका लागि वडा कार्यालयले उपलब्ध गराउने तोकीएको ढाँचामा निवेदन, भत्ता बुझ्ने परिचयपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साईजको फोटो १ प्रति आवश्यक पर्दछ ।

 

त्यस्तै विधवा महिला भए पतिको मृत्यु दर्ताको प्रतिलिपि, ६० वर्ष मुनिका विधवाको हकमा अर्काे विवाह नगरेको प्रमाणपत्रको प्रतिलिपि, बालबालिकाको हकमा जन्म दर्ता/संरक्षकको नागरिकताको प्रतिलिपि, अपाङ्गको हकमा अपाङ्ग परिचय पत्र/संरक्षकको नागरिकताको प्रतिलिपि आवश्यक पर्दछ ।