प्यूठान । सरुमारानी गाउँपालिका–३ गोठेरी निवासी २८ वर्षिय रुकमनि बरालको हत्या गर्ने एक युवालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षिय लिलाबहादुर बराल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक निरन्जन रिजालले जानकारी दिनुभयो ।
पूर्वश्रीमति रुकमनिलाई छिमेकी डिला परियारको घरमा बसेको अवस्थामा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धाँरिलो चक्कु प्रयोग गरि घाँटी रेटेर हत्या भएको प्रहरी निरिक्षक रिजालले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरिक्षक मिलन पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलिले हत्यारा भनिएका लिलाबहादुरलाई नियन्त्रणमा लिई थप अनुसधन प्रक्रिया अघि बढाएको छ ।











