> आर्थिक > ऐरावती गाउँपालिकाको बित्तिय प्रगति ८६ प्रतिशत


ऐरावती गाउँपालिकाको बित्तिय प्रगति ८६ प्रतिशत

प्यूठान । ऐरावती गाउँपालिकाले आ.व. २०८१/८२ मा ८६ दशमलव ९२ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ । बिहिवार  वित्तिय प्रगति सार्वजनिक गर्दै गाउँपालिकाले यस्तो जनाएको हो म

 

४८ करोड ९१ लाख २३ हजार ५२९ रुपैयाँ विनियोजन भएकोमा ४२ करोड ५१ लाख ६७ हजार ७९४ रुपैयाँ खर्च भएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्माले जानकारी दिनुभयो ।

 

चालू तर्फ ८९ दशमलव १९ प्रतिशत र पुजीगत तर्फ ८२ दशमलव ४२ प्रतिशत खर्च भएको गाउपालिकाले जनाएको छ ।

 

चालु आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रक्रिया असार २५ गते राती १० बजेदेखि बन्द भएको गाउँपालिकाले जनाएको छ ।