प्यूठान । नौबहिनी गाउँपालिकाले आ.व. २०८१/८२ को वित्तिय प्रगति सार्वजनिक गरेको छ । निकासा बजेटको आधारमा कुल ९५ दश्मलव २१ प्रतिशत वित्तिय प्रगति भएको छ ।
पुँजीगत तर्फ ९६ दश्मलव ९२ प्रतिशत र चालु तर्फ ९३ दश्मलव ५१ प्रतिशत वित्तिय प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाको लागि यस आर्थिक वर्षमा कुल ५२ करोड ७५ लाख ११ हजार ३९५ रुपैंया विनियोजन भएको थियो ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार विनियोजित रकमका आधारमा चालु तर्फ ९२ र पुँजीगत तर्फ ९० गरी समष्टीगत रुपमा ९१ प्रतिशत वित्तिय प्रगति भएको देखिन्छ ।
चालु आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रक्रिया असार २५ गतेदेखि बन्द भएको गाउँपालिकाले जनाएको छ ।











