> स्थानीय सरकार > प्यूठान नगरपालिकाले एचआईभी संक्रमितको जिविकोपार्जनका लागि कार्यविधि बनाउँदै


प्यूठान नगरपालिकाले एचआईभी संक्रमितको जिविकोपार्जनका लागि कार्यविधि बनाउँदै

प्यूठान । प्यूठान नगरपालिकाले एचआईभी संक्रमितहरुको जिविकोपार्जन प्रवद्र्धनका लागि कार्यविधि बनाउन लागेको छ । एचआईभी संक्रमित माथि हुने लान्छाना, भेदभाव, बिरुद्ध मानव अधिकार संरक्षण र जिविकोपार्जन समर्थन कार्यबिधि २०८२ का बिषयमा नगरपालिकाले मंगलबार छलफल गरेको छ ।

 

प्यूठान नगरपालिकाले स्थानीय तहको संवैधानिक भूमिकालाई आत्मसात गर्दै एचआईभी संक्रमित व्यक्तिहरूको गरिमा, अधिकार, सामाजिक समावेशिता र आर्थिक सशक्तीकरण सुनिश्चित गर्न कार्यविधि बनाउन लागेको हो ।

 

कार्यविधि मार्फत गैर–भेदभावपूर्ण सेवा पहुँच, कानुनी सुरक्षा, मनोसामाजिक समर्थन, स्वास्थ्य उपचार, शिक्षा, सीप विकास, स्वरोजगार तथा सामाजिक पुर्नःस्थापनाका उपायहरू सुनिश्चित गर्दै सामाजिक न्याय, समावेशिता र मानवअधिकारको प्रवद्र्धन गर्ने लक्ष्य लिइएको प्यूठान पलसका कार्यक्रम संयोजक तपेन्द्र बिकले बताउनुभयो ।

 

छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगिले मस्यौदामा बिधायक समितिमा थप छलफल गरि अगाडि बढाउने भन्दै नगरपालिकाले संक्रमितहरुको स्वास्थ्य र पोषणमा सहयोग पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।