प्यूठान । महिलाहरुको पाठेघर (आङ्ग) खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर हुने भएको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आयोजना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको समन्वयमा प्यूठान अस्पताल विजुवारमा शिविर संचालन हुन लागेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
जेठ १५ गतेदेखि २१ गतेसम्म शिविर संचालन हुने स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसुधन खड्काले जानकारी दिनुभयो ।
शिबिरको बुधबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले शिबिरको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले नागरिकमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनका लागि सबै क्षेत्रको कृयासिलता आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्ता विशेषज्ञ सेवाका गतिविधिहरु संचालन गर्न प्रदेशमा पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख धरम जिसिले शिबिरको अधिकतम फाइदा लिन आग्रह गर्नुभयो । शिबिर संचालनका लागि स्थानिय पालिकाहरुको समेत महत्वपूर्ण सहयोग रहने उल्लेख गर्नुभयो ।












