प्यूठान । मल्लरानी गाउँपालिका २ नं. वडा कार्यालयले विद्यालयहरुलाई खेलौना सामाग्री बितरण गरेको छ । आ.ब. ०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बाल विकासहरुका लागि खेलाैना सामाग्रीहरू वितरण गरेको हो ।
वडा भित्र रहेका ५ विद्यालयलाई सामाग्री सहयोग गरिएको वडा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो ।
अमर मा.वि. चुँजा, सरस्वती प्रा.वि. मरभुङ, जगदम्बा प्रा.वि. चुँजाखर्क, पालुसिद्व प्रा.वि. खरेन्डाडा, जनकल्याण प्रा.वि. विद्यालय खन्निखाेलालाई जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीहरुको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको हो ।
