> राष्ट्रिय > एमाले प्यूठानको दशौ अधिबेशन जेठ २० र २१ गते हुने


एमाले प्यूठानको दशौ अधिबेशन जेठ २० र २१ गते हुने

प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटि प्यूठानको दशौ जिल्ला अधिबेशन यहि जेठ २० र २१ गते हुने भएको छ । आइतबार सम्पन्न जिल्ला कमिटीको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।

 

करिब ६०० प्रतिनिधिको सहभागितामा अधिबेशन हुने एमाले प्युठानका सचिव माधब शर्माले जानकारी दिनुभयो । ५ हजार २७२ सङ्गठित सदस्यहरुबाट प्रतिनिधि चयनका लागि जिल्ला कमिटी बैठकले मापदण्ड तय गरेको उहाले बताउनुभयो ।

 

अधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष बिजयबिराज बिष्टको संयोजकत्वमा राजनीतिक तथा सङ्गठनिक प्रतिबेदन लेखन, सचिव माधब शर्माको संयोजकत्वमा आर्थिक प्रतिबेदन तथा प्रतिनिधि ब्यबस्थापन, जिल्ला कमिटी सदस्य सुरज रोकाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गरिएको एमाले प्युठानले जनाएको छ ।

 

एमाले पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता सम्पन्न ११ औ जिल्ला कमिटी बैठकमा विशेष अतिथि पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज नरुलाल चौधरीको रहनुभएको थियो ।