> राष्ट्रिय > नौबहिनी गाउँपालिकाको मोटरसाईकलमा रातो नम्बर प्लेट !


नौबहिनी गाउँपालिकाको मोटरसाईकलमा रातो नम्बर प्लेट !

प्यूठान । सरकारी प्रयोजनका लागि खरीद गरिएको सवारी साधनमा सेतो रङको नम्बर प्लेट प्रयोग गरिनुपर्ने हो । तर प्यूठानको नौबहिनी गाउँपालिकाको नाममा खरीद गरिएका मोटरसाइकलमा रातो नम्बर प्लेट भेटएिको छ । रातो प्लेट निजी सवारीसाधनका लागी प्रयोग गरिन्छ ।

सरकारी कामकाज भन्दा निजी काममा उक्त मोटरसाईकल बढी प्रयोग हुने गरेको स्थानीय बताउँछन् । गाउँपालिकामा रहेको लु ९० प २९७१ र लु ९१ प ६०९८ नम्वरको मोटरसाईकलको नम्वर रातो प्लेट छ । ‘मलाई पनि यो मोटरसाईकल निजी नै होला भन्ने लागेको थियो,’ एक स्थानीयले प्यूठान समाचारलाई भने,‘ती बाईक त शनिबार पनि चल्छन, घुमफिर गर्न, पुजा, ससुराली जाँदा नि लगेकै छन् ।’

गाउँपालिकामा एम्बुलेन्स सहित २ वटा चारपाङ्ग्रे गाडी छ । त्यसैगरी ती दुई वटा रातो नम्बर प्लेटका मोटरसाईकल सहित २९ वटा मोटरसाईकल रहेको जिन्सी शाखाका विष्णु थापाले जानकारी दिनुभयो ।

 

दुई वटा मोटरसाईकल गएको पुष महिनामा खरिद गरिएको हो । उक्त मोटरसाईकलमा छिट्टै सेतो नम्वर प्लेट राख्ने प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।