महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा झण्डै २४ लाख रुपियाँको लागतमा एम्बुलेन्स खरिद गरेको हो ।
रा १ झ २३६ नम्बरको एम्बुलेन्सको आज पुजा गरिएको छ । गाउँपालिका अध्यक्ष दिल बहादुर थापा सहितको टोली लुङमा पुगेर पुँजा गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रिसिराम शर्माले एम्बुलेन्स चालकको व्यवस्थापन सहितपालिकाकै व्यवस्थापनमा सञ्चालन गर्ने गरि तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले गाउँपालिकाका चालकले आवश्यकताका आधारमा एम्बुलेन्स चलाउने गरेका छन् ।
पालिकाले एम्बुलेन्स खरिद गरेपछि पालिकाबासी खुशी भएका छन् । नौबहिनीका दुर्गम वडाका स्थानीयलाई विरामी हुँदा एम्बुलेन्स मार्फत उपचार छिटो र सहज हुने उनीहरुको अपेक्षा छ ।
